भागचरण यादव
जनकपुरधाम, २० कात्तिक । ‘‘सुरक्षा र न्याय कार्यक्रम (Security and Justice Program)’’ अन्तर्गत लैङ्गिक हिंसा न्यूनीकरण तथा प्रतिकार्यका लागि सरोकारवालाहरूको क्षमता सुदृढीकरण कार्यक्रम आज जनकपुरधाममा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाकी उप–प्रमुख किशोरी साह ज्यु रहनु भएको थियो। विशेष अतिथि जनकपुरधाम वडा नं. १४ का वडा अध्यक्ष पुण्य प्रताप यादव ज्यु हुनुहुन्थ्यो। कार्यक्रमको अध्यक्षता हेमा यादव ज्युले गर्नुभयो।
कार्यक्रममा विभिन्न संघ–संस्था तथा सरोकारवाला निकायका प्रतिनिधि ज्युहरू र जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरूको सक्रिय उपस्थिति रहेको थियो।
“People in Need” को आयोजनामा र “UK International Development” को सहयोगमा सम्पन्न यस कार्यक्रमले लैङ्गिक हिंसा न्यूनीकरणका विषयमा प्रशिक्षक प्रो। अशोक साह सर दिनु भएको थियो । कार्यक्रममा सहभागीहरूको चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।





