सप्तरी, ४ माघ । मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री मनिष सुमनले तीन/तीन पटक टेण्डर सुचना आह्वान गरिसक्दा पनि ठेक्का नलागी संचालनमा आउन नसकेको राजविराजको नवनिर्मित वसपार्क संचालनका लागी आफुले पनि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
राजविराज नगरपालिकाले उनको स्वागत तथा सम्मानमा आईतवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्ता प्रतिबद्धता जनाएका हुन ।
सप्तरी मन्त्री सुमनको गृहजिल्ला हो । १५ करोड ६० लाख रुपैयाको लागतमा शहरी विकास मन्त्रालयद्वारा निर्माण गरिएको सुविधा सम्पन्न वसपार्कको गत जेष्ठ १५ गते नै एक समाहरोबीच उदघाटन गरिएको थियो । यसका वावजुद पनि वसपार्क अझै संचालनमा आउन नसक्दा अहिले पनि नगरको मुख्य बजार क्षेत्रको सडकबाटै सार्वजनिक यातायातका साधनहरु संचालन र पार्किङ्ग हुदै आएको नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले सुनाएपछि मन्त्री सुमनले बसपार्कका बारेमा केही दिन वस्तु स्थिती अध्ययन गर्ने बताउँदै संचालनमा ल्याउनका लागी सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा कार्यवाहक नगर प्रमुख परवीनले नयाँ वसपार्क सम्म सवारी साधान पु¥याउनका लागी आवश्यक तयारीका साथै ३ पटक टेण्डर आह्वान गरिसक्दा पनि कसैले ठेक्का लिने तर्फ चासो न देखाएको बताएपछी मन्त्री सुमनले भने–सप्तरी जिल्ला कै गौरवका आयोजना मध्येका एक राजविराज वसपार्क यथासिघ्र संचालनका लागी मेरो पुर्ण सहयोग रहनेछ ।
सम्मान ग्रहण गरेपछि एक अर्काे जोडदै मन्त्री सुमनले आफु पहिले पनि वेदाग रहेको बताउदै नयाँ जिम्मेवारीमा रहदा पनि वेदागै रहेर निस्कने आर्शिवादका लागी सबै संग आग्रह गरे । उनले थपे–“जताततै भ्रष्टाचारको जालो छ, त्यो जालोमा म नपरु भन्ने दृढ इच्छा शक्ती छ, मात्र तपाईहरुको आर्शिवाद चाहिएको छ ।”
कार्यवाहक नगर प्रमुख परवीनले वसपार्क र हटिया कम्प्लेक्स यथासिघ्र संचालनका लागी दिनरात खटे पनि सरोकारवालाहरुबाट अपेक्षित सहयोग पाउन न सकेको दुखेसो पोखिन । कार्यक्रममा सहभागी जनप्रतिनीधी, विभिन्न संघ संस्था र कार्यालयका प्रतिनीधी तथा समाजका अगुवाहरुले वसपार्क यथासिघ्र संचालनका लागी आ–आफनो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।





