
जनकपुरधाम, २८ चैत । धनुषाधाम नगरपालिकामा भएको बेतिथिविरुद्ध नेकपा माओवादी केन्द्रले गरेको तालाबन्दी र ध्यानाकर्षणविरुद्ध सबै वडाअध्यक्षहरु एकजुट भएका छन् ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र पूर्वाधार व्यवस्थापन शाखामा माओवादीबाट निर्वाचित वडाअध्यक्ष सुनिल कापरले चैत २२ गते ताला लगाएको थियो ।
काँग्रेस र एमाले निकटका वडाअध्यक्षहरु एक ठाउँमा उभिँदापनि वडा नं. १ का वडाअध्यक्ष सुनिल कापरले नगरपालिकाको बेतिथि जनतासामु ल्याएउन गरेको प्रयासको सर्वत्र चर्चा भइरहेको छ ।
यो पनि पढ्नुहोस्ः
धनुषाधाम नगरपालिकाका वडाअध्यक्ष सुनिल कापरद्वारा तालाबन्दी, विपक्षी पार्टीहरु मौन
नगरपालिकाको बेतिथि लुकाउन वडाअध्यक्षहरु मेयरलाई सहयोग गर्नुले लोकतन्त्र हराएको संकेत हो । लोकतन्त्रमा जनताको चाहनाबमोजिम नगरपालिका सञ्चालन भैरहेको छ कि छैन, भन्ने कुरा सबैले थाहा पाउनु पर्छ ।
त्यसपछि चैत २५ गते माओवादी नेता दिपक यादवको नेतृत्वमा धनुषमन्दिरको धर्मशाला खाली गर्नुपर्ने मुख्यमागसहित विगतमा भएको सम्झौता कार्यान्वयनको सबालमा नगरपालिकाको मूलगेटमा ताला हानी वडाअध्यक्ष सुनिलको समर्थनमा धर्नामा बसेका थिए ।
यो पनि पढ्नुहोस्ः
काँग्रेस, एमाले र जसपा नेपालका कार्यकर्ताद्वारा ताला तोडियोः दिपक यादव
नगरपालिकाका मेयर बालेश्वर मण्डलसहित सबै वडाअध्यक्षहरुबीच वडाअध्यक्ष कापरले लगाएको तालाको विषयमा छलफल चलिरहेको थियो ।माओवादी नेताहरु धर्नामा बसेपछि बाहिरबाट आएका व्यक्तिहरुले ताला तोडेको थियो । त्यत्तिमात्रै नभएर माओवादी मुर्दाबादको नारा पनि लगाएको थियो ।
ताला तोड्नेहरु सेवाग्राही रहेको मेयर मण्डलले प्रतिक्रिया दिएको थियो । यद्यपि, माओवादी नेता दिपकले भने, ‘ताला तोड्न आएकाहरु सेवाग्राही नभएर काँग्रेस र एमालेका नेता कार्यकर्ताहरु थिए ।’
ताला तोड्न आन्दोलनकारीको शैलीमा आएकाहरु काँग्रेस र एमालेका कार्यकर्ताहरु प्रमाण अहिले आएर वडाअध्यक्षहरु एकहोरो रुपमा माओवादीको विरुद्धमा उत्रेकाले पुष्टि गर्दछ ।
धनुषाधाम नगरपालिकामा काँग्रेस, एमाले, माओवादी र जसपा नेपालको प्रतिनिधित्व छ ।
माओवादीले जायज माग राखी मेयर मण्डललाई पटक पटक ध्यानाकर्षण गराउँदा अटेर गरेको बुझेर पनि सबै वडाअध्यक्षहरुले अझ पनि मेयरलाई सहयोग गर्नुले नगरपालिकामा भ्रस्टाचार मौलाएको बुझ्न सकिन्छ ।
चुनावका बेला जनताको सेवक बनेर काम गर्ने बताउनेहरु अहिले जनताको मालिक बनेको प्रमाण धनुषाधाम नगरपालिका पाउन सकिन्छ ।
विभिन्न मिडियामा अहिले धनुषाधाम नगरपालिकाका वडाअध्यक्षहरु माओवादीको धर्ना र तालाबन्दी कार्यक्रमको विरोध गरिरहेका छन् ।