अर्चना यादव
जनकपुरधाम, १० चैत । जनकपुरधामको हिरा हेल्थकेयर हस्पिटलले एक ८ वर्षीय बालिकाको सफल शल्यक्रिया गरेको छ ।

हस्पिटलका सर्जन डा. शशीशेखर अधिकारीले ल्याप्रोस्कोपिक प्रविधिद्वारा बालिका अर्चना राउतको सफल शल्यक्रिया गरेको हो ।

४ महिनादेखि जनकपुर लगायत काठमाडौंको अस्पताल चहारेका अर्चनाका लागि संजिवनीबुटी साबित भयो हिरा हेल्थकेयर हस्पिटल ।

पेटका आन्द्रा कुहिएर फुटिसकेको र मुख्यमन्त्रीको छड्केका कारण कुनै पनि हस्पिटलले उनलाई भर्ना लिन मानेका थिएनन् ।

महोत्तरीको रामगोपालपुर वडा नं. ६ का अर्चना आन्द्रासँगै निमोनिया र हर्ट (मुटु) की बिरामी थिइन् ।

उनको आन्द्र फुटेर पीप (फोहोर) जमेको अवस्थामा अप्रेषण गर्न कठिन थियो । किनकी उनी निमोनिया र मुटु रोगी समेत थिइन् । यस्तो अवस्थामा पनि हिरा हस्पिटलले उनको लागि बरदान साबित भयो ।

अर्चनाका उपचारमा संलग्न डा. अधिकारीका अनुसार निमोनिया र मुटु रोगी समेत भइसकेकी उनलाई आन्द्राको अप्रेषण गर्न त्यत्ति सजिलो थिएन ।

यद्यपि, हस्पिटलका टिमले उनको शल्यक्रिया गर्न सफल भयो ।

हस्पिटलका सञ्चालक हिरा यादवले भने, ‘बिरामी धेरै प्रकारको हुन्छ, जुनसुकै रोग वा समस्या भएका बिरामीलाई सर्वसुलभ र सफल उपचार गर्न हस्पिटल प्रतिबद्ध छ ।’

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !