
अर्चना यादव
धारापानी, १० माघ । धनुषाको उत्तरी क्षेत्रमा पर्ने धारापानीमा व्यापार व्यवसाय प्रवर्द्धनमा सबै एकजुट हुनुपर्ने आवश्यकता रहेको छ । लामो इतिहास बोकेको धारापानी वर्तमान अवस्थासम्म आइपुग्दा यहाँको व्यापार व्यवसाय वृद्धि हुन सकेको छैन ।
कुनै पनि क्षेत्र वा ठाउँको मूल आधार भनेको त्यहाँको विकास हो । र विकासको. मूल आधार भनेकै व्यापार व्यवसाय हो । जबसम्म व्यवसायी र व्यापारीको स्तरोन्नति हुँदैन, तबसम्म ठाउँको विकास हुँदैन ।
धारापानी क्षेत्रमा करिब सयभन्दा बढी व्यवसायी र ४ शैक्षिक प्रतिष्ठानहरु रहेका छन् । एक सरकारी विद्यालय र ३ निजी स्तरबाट सञ्चालित विद्यालयहरु छन् ।
यहाँ घर निर्माण, कृषि, सुनचाँदी, खाद्यान्न र पहिरनका लत्ताकपडा लगायत मावनजीवनमा आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु पाइन्छन् । तर, उपभोक्ताहरुको संख्या दिनानुदिन घट्दै गइरहेको छ । एक त व्यापार व्यवसाय नफस्टाउने तर सटरभाडा पनि महँगो छ । एक व्यापारीले भने । दैनिकी ५ हजारसम्मको पनि व्यापार हुने स्थिति छैन् ।
यस विषयमा अंशखबरकर्मीले ‘धनुषाधाम चेम्बर अफ कमर्श’ का सचिव चन्द्रमोद साहसँग कुरा गर्दा उनले भने, ‘यहाँ व्यापारीहरुलाई समस्या छ । व्यापारीहरुको समस्या समाधान गर्न सबै व्यवसायी एक हुनुपर्ने आवश्यकता रहेको बताए ।’
उनले भने, ‘यहाँ सबै व्यवसायी एक हुनुको साटो सबै आआफ्नै व्यवसायमा मात्रै जोड दिएकाले उपलब्धी परिणाममुखी हुन नसकेको स्वीकारे ।’ व्यापार व्यवसाय प्रवर्द्धन सम्बन्धी प्रशिक्षण तथा तालिम गोष्ठीको समेत आवश्यकता रहेको उनको चासो छ ।
त्यत्तिमात्रै नभएर भाषा, साहित्य र कलासम्बन्धी विभिन्न कार्यक्रम गरी धारापानीको विकासतर्फ अगाडि बढ्न र यस्ता कार्यक्रममा सबैलाई सहयोग गर्न आग्रह समेत गरे ।