काठमाडौं, १५ चैत । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो।

सीआईबी प्रमुख एआईजी मनोज केसीले खड्का पक्राउ परेको पुष्टि गरेका छन्।

भदौ २४ गते खड्काको निवासमा आगजनी भएको घटनापछि त्यहाँबाट नेपाली रुपैयाँसहित विभिन्न विदेशी मुद्रा फेला परेको थियो। साथै उनीमाथि नेपाल स्काउटको जग्गा हिनामिना गरेको आरोपसमेत लाग्दै आएको छ।

उक्त आरोपहरूको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !