जनकपुरधाम,२ फागुन  । मिथिला क्षेत्रको भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले मैथिली विकास कोषको आयोजनमा यही फागुन ५ गते देखी हुने “जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०८२” को तयारी पुरा भएको छ । कोषले आज पत्रकार सम्मेलनको अयोजना गरि विगतदेखि निरन्तर गर्दै आएको सांस्कृतिक अभियानलाई अझ व्यापक बनाउने लक्ष्यसहित महोत्सवको आयोजना हुन लागेको बताएका ।

पत्रकार सम्मेलनमा कोषका अध्यक्ष जिवनाथ चौधरीले जनाए अनुसार महोत्सवमा साहित्यिक तथा सांस्कृतिक गतिविधिहरू, नाटक मञ्चन, लोकसंस्कृतिसम्बन्धी कार्यक्रम, अन्तरक्रिया, पुस्तक तथा चित्रकला प्रदर्शनीलगायत विविध कार्यक्रम समेटिनेछन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार, साहित्यकार र सांस्कृतिक अभियन्ताहरूको सहभागिता रहने बताइएको छ।

महोत्सव अवधिभर मिथिला चित्रकला कार्यशाला, कविता वाचन, वक्तृत्व प्रतियोगिता, लोकनृत्य, बहुरूपिया, सडक नाटकजस्ता आकर्षण रहने अध्यक्ष चौधरीले बताए । साथै भाषा, साहित्य, समाज र समसामयिक विषयमा बहस तथा विचार–विमर्शका कार्यक्रम समेत आयोजना गरिने कोषले जनाएको छ।

यस किसिमको महोत्सवले जनकपुरधामलाई सांस्कृतिक तथा पर्यटन केन्द्रका रूपमा स्थापित गर्न थप टेवा पुग्ने विश्वास आयोजकको छ। कोषले स्थानीयवासी, कलाकार, बुद्धिजीवी र सरोकारवालालाई महोत्सव सफल बनाउन सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।
फागुन ५ गते मैथिली विकास कोषको प्राङ्गणमा हुने महोत्सव अन्तर्गत विहान ८ बजे रंगभूमि मैदानबाट शोभा यात्रा एवं झाँकी प्रदर्शन , दिउसो १ बजे उद्घाटन सत्र, ४ बजे देखी साढे पाँच बजे सम्म उठलै किए विहाडि विषय माथि विमर्श कार्यक्रम र साँझ ५ बजे देखी ७ बजे सम्म मिनापको प्रस्तुती छुतहा घैल नाटक प्रदर्शन एवं सो पछि साँस्कृति कार्यक्रमको आयोजना हुने छ ।

 

तीन दिवसीय महोत्सवमा नेपाल भारतका विभिन्न नाट् समूहद्वारा पाँच वटा नाटक प्रदर्शन हुनेछ भने १८ वटा शिर्षकमा नेपाल र भारतका विद्वानहरु सहित विमर्ष कार्यक्रमको आयोजन हुने कोषका अध्यक्ष चौधरीले बताएका छन।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !