धारापानी, १५ फागुन । धनुषाको धारापानीमा रहेका बुद्ध पाठशाला धारापानीले वार्षिक खेलकुद प्रतियोगीताका विजेताहरुलाई प्रमाणपत्रसहित मेडल र शिल्ड प्रदान गरेको छ ।

बिहीबार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी ‘एनुअल स्पोर्ट मिट–२०८१’ का विजेताहरुलाई प्रमाणपत्रसहित मेडल र शिल्ड प्रदान गरिएको हो ।

विद्यालयमा अध्ययनरत छात्र–छात्राहरुले कबड्डी, खोखो, भलिबल, क्रिकेट, रनिङ, हाइजम्प र लङ्जम्प खेल प्रतियोगीतामा समूहगत रुपमा सहभागीता जनाएका थिए । कबड्डी, खोखो र भलिबल खेलमा छात्र/छात्राहरु सहभागी थिए । क्रिकेट खेलमा छात्रहरु मात्र सहभागी थिए ।

यी ४ खेलमा छात्रहरु ४ जना र ३ खेलमा छात्राहरु ३ जना गरी जम्मा ७ जना खेलाडीहरुलाई बेस्टप्लेयर अवार्ड प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक रामपुकार यादवले जनाए । अन्य समूहगत ७ वटै खेलमा सहभागी खेलाडीहरुलाई प्रमाणपत्रसहित मेडल प्रदान गरिएको प्र.अ यादवले बताए ।

बेस्टप्लेयर अवार्ड ब्वाइजतर्फ कबड्डीमा बिक्की यादव, खोखोमा मनिष यादव, भलिबलमा करण यादव र क्रिकेटमा कमलेश यादवलाई प्रदान गरिएको छ । त्यस्तै, गर्ल्सतर्फ कबड्डीमा सुजीता यादव, खोखोमा अञ्जली यादव र भलिबलमा बर्षा मिजारलाई बेस्टप्लेयर अवार्ड प्रदान गरिएको ‘एनुअल स्पोर्ट मिट–२०८१’ का खेल समितिका संयोजक दीपेश सिंहले बताए ।

विद्यालयमा रहेका ४ समूहबीच भएको समूहगत खेलमा ब्वाइजतर्फ कबड्डीमा शिव यादव क्याप्टेन रहेका ग्रीन हाउस प्रथम र मनिष यादव क्याप्टेन रहेका एल्लो हाउस दोस्रो स्थान प्राप्त गरे । खोखोमा कमलेश यादव क्याप्टेन रहेका ब्लुहाउस प्रथम र धिरज यादव क्याप्टेन रहेका एल्लो हाउस दोस्रो स्थान ल्याए । भलिबलमा करण यादव क्याप्टेन रहेका ग्रीन हाउस प्रथम र कमलेश यादव क्याप्टेन रहेका ब्लुहाउस दोस्रो स्थान ल्याए । क्रिकेटमा कमलेश यादव क्याप्टेन रहेका ब्लुहाउस प्रथम र करण यादव क्याप्टेन रहेका ग्रीन हाउस दोस्रो स्थान ल्याए ।

त्यस्तै गर्ल्सतर्फ कबड्डीमा सुजीता यादव क्याप्टेन रहेका एल्लो हाउस प्रथम र वर्षा मिजार क्याप्टेन रहेका ग्रीन हाउस दोस्रो स्थान ल्याए । खोखोमा अञ्जली यादव क्याप्टेन रहेका ग्रीन हाउस प्रथम र सुजीता यादव क्याप्टेन रहेका एल्लो हाउस दोस्रो स्थान ल्याए । भलिबलमा बर्षा मिजार क्याप्टेन रहेका ग्रीन हाउस प्रथम र किरती यादव क्याप्टेन रहेका ब्लुहाउस दोस्रो स्थान ल्याए । गर्ल्सहरु क्रिकेट खेलमा सहभागीता जनाएका थिएनन् ।

रेड हाउस, ग्रीन हाउस, ब्लुहाउस र एल्लो हाउसका समूहगत खेलमा सहभागी सबै खेलाडीहरुलाई प्रमाणपत्रसहित मेडल प्रदान गरिएको ‘एनुअल स्पोर्ट मिट–२०८१’ का खेल समिति सदस्य राजु यादवले जनाए ।

त्यसैगरी रनिङ ब्वाइजतर्फ ३०० मिटरको दौडमा ब्लुहाउसका जीतेन्द्र मुखिया प्रथम, एल्लो हाउसका सुजित यादव दोस्रो र ब्लुहाउसका हेमन्त महतो तेस्रो भएका थिए । त्यस्तै १०० मिटरको दौडमा एल्लो हाउसका इब्रान नदाफ प्रथम र कृष यादव दोस्रो भए भने ब्लुहाउसका राहुल साह तेस्रो भएका थिए ।

रनिङ गर्ल्सतर्फ ३०० मिटरको दौडमा ब्लुहाउसका किरती यादव प्रथम, एल्लो हाउसका सीमा लामा दोस्रो र रेड हाउसका निमा लामा तेस्रो भएका थिए । त्यस्तै १०० मिटरको दौडमा खुशी लामा प्रथम, रागिनी साह दोस्रो र कञ्चन यादव तेस्रो स्थान भएका थिए ।

हाइजम्प ब्वाइजतर्फ ब्लुहाउसका चन्दन यादव (४.१ फिट) प्रथम, एल्लो हाउसका मनिष यादव (४.१ फिट दोस्रो राउन्ड) दोस्रो र ब्लुहाउसका हेमन्त महतो (३.९ फिट) तेस्रो भएका थिए ।

हाइजम्प गर्ल्सतर्फ ग्रीन हाउसका रञ्जनी यादव (३.५ फिट) प्रथम, रेड हाउसका श्रुति यादव (३.४ फिट) दोस्रो र ग्रीन हाउसकै बर्षा मिजार (३.२ फिट) तेस्रो भएका थिए ।

लङजम्प ब्वाइजतर्फ ग्रीन हाउस शिव यादव (१३ फिट) प्रथम, ब्लुहाउसका जीतेन्द्र मुखिया (१३ फिट दोस्रो राउन्ड) र रेड हाउसका अंकित भण्डारी (१२.६ फिट) तेस्रो भएका थिए ।

लङजम्प गर्ल्सतर्फ ब्लुहाउसका किरती यादव (१० फिट) प्रथम, रेड हाउसका चाँदनी यादव (९.५ फिट) दोस्रो र एल्लो हाउसका सीमा लामा (९ फिट) तेस्रो भएका थिए ।

विद्यालयका शिक्षक शिक्षिकाहरुको उत्साहपूर्वक सहभागीतामा बुद्ध पाठशाला धारापानीले पहिलोपल्ट ‘एनुअल स्पोर्ट मिट–२०८१’ आयोजना गर्न सफल भएको खेल समिति सदस्य मन्नी साहले बताए । शिक्षक साह खेलअवधिभर अंक निर्धारण र प्रमाणपत्र डिजाइनरको रुपमा काम गरे ।

रेड हाउसका टिचर दीपेश सिंह र नम्रता तामांग, ग्रीन हाउसका टिचर पिंकी यादव र राजु यादव, ब्लुहाउसका टिचर मन्नी साह र रेणु लामा तथा एल्लो हाउसका टिचर पेमा लामा थिए ।

बेस्टप्लेयर अवार्ड प्राप्त गरेका विद्यार्थी खेलाडीहरु आगामी दिनमा पनि यसरी नै विद्यालयले विभिन्न प्रतियोगीताहरु आयोजना गरी खेलकुदका क्षेत्रमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

फागुन १ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको स्पोर्ट मिटअन्तर्गत ७ खेलमा प्रतियोगीता गराइएको थियो । सबै खेल विद्यालयअन्तर्गत रहेका ४ समूहका ब्वाइज र गर्ल्सबीच छुट्टा–छुट्टै खेलाइएको थियो । एसबीपी खेल मैदान धारापानीमा आयोजना गरिएको खेल प्रतियोगीता ५ दिनसम्म चलेको थियो ।

एनुअल स्पोर्ट मिट–२०८१ मा खेलाडी, विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरुको उत्साहपूर्वक सहभागीता रहेको थियो ।

जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ मा  वि.सं. २०७१ सालमा स्थापित श्री बुद्ध पाठशाला धारापानी गुणस्तरीय शिक्षा प्रदान गर्ने अग्रणी शैक्षिक संस्था हो । शिक्षाको क्षेत्रमा कसैसँग सम्झौता नगर्ने तथा अनुशासित र गुणस्तरीय विद्यार्थी उत्पादनलाई यस संस्थाको प्रमुख उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !