काठमाडौँ, ०१ साउन । नेपाली चलचित्र ‘मास्टर्नी’ विवादमा परेको छ । नेपाल शिक्षक महासङ्घले यो चलचित्रमा समेटिएको प्रमोशनल गीतप्रति आपत्ति जनाउँदै यो गीत रोक्न माग गरेको छ ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त रूपमा विज्ञप्ति जारी गरी उक्त प्रवर्द्धनात्मक गीतमा प्रयोग गरिएका शब्द र भाव संयोजनप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

भर्खरै सार्वजनिक भएको यो गीतमा महिला शिक्षकप्रति लक्षित गरी अमर्यादित शब्द र भाव संयोजन गरिएको र शिक्षण पेशाको गरिमामाथि गम्भीर प्रहार भएको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त गीतले निरन्तरता पाएमा त्यसबाट उत्पन्न हुन सक्ने असहज परिणामप्रति चलचित्र निर्माता र त्यससँग सम्बन्धित कलाकारहरू नै पूर्ण रूपमा जिम्मेवार हुनेछन्’ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !