गौर २३ बैशाख । रौतहट प्रहरीले भारतबाट भन्सार छली नेपाल भित्राइएका सामान बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ बस्ने ३७ वर्षीय राकेश पासवान छन् ।वैशाख २१ गते राति ११ बजे खटिएको गस्ती टोलीले रौतहटको गौर नगरपालिका वडा नं. ४ लालबकैया नदी किनारबाट दुई लाख ३३ हजार एक सय रुपैयाँ बराबरका कपडासहित उनलाई नियन्त्रणमा लिएको हो ।उनको साथबाट नम्बर प्लेट नभएका दुईवटा मोटरसाइकल समेत बरामद गरेको प्रहरीको भनाइ छ ।बरामद मोटरसाइकल र लत्ताकपडासहित पासवानलाई गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !