काठमाडौं, ८ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादवले सरकारद्वारा संसदमा पेश गरिएको भूमि विधेयकका कतिपय प्रावधानप्रति गम्भीर आपत्ति जनाउँदै पुनर्विचार गर्न सुझाव दिएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष यादवले भूमि व्यवस्थापन तथा सुधारसम्बन्धी विधेयकले वन विनाशलाई बढावा दिने, भूमाफियालाई संरक्षण गर्ने र तराई क्षेत्रलाई मरुभूमिकरणतर्फ धकेल्ने खतरा रहेको दाबी गरे।

उनले भने, ूएकातिर सरकारले सगरमाथा सर्किट बनाउन थालेको छ, जुन स्वागतयोग्य हो। तर अर्कोतर्फ भने वन फडानी गरेर, भूमाफियालाई जग्गा बाँड्ने गरी कानून निर्माण गरिँदैछ। यस्तो नीति दोहोरोपनको परिचायक हो।ू

अध्यक्ष यादवले सरकारको नीति तराईको पर्यावरणीय संकट बढाउनेतर्फ उन्मुख रहेको आरोप लगाए। उनले भने, ूतराई क्षेत्रमा जलस्रोत संकट गहिरिँदै गएको छ। त्यसमाथि वन क्षेत्र कटौती हुने हो भने यसले सो क्षेत्रमा मरुभूमिकरणको खतरा निम्त्याउँछ।ू

उनका अनुसार, देशको भूमि नीति सन्तुलित, समावेशी र दीर्घकालीन पर्यावरणीय दृष्टिकोणबाट बन्नु आवश्यक छ। ूहामी कस्तो नीति अंगाल्दैछौंरु यो गम्भीर पुनर्विचारको विषय हो।ू

यही भूमि विधेयकप्रति असन्तुष्टिका कारण जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। अध्यक्ष यादवले संसदमा बोल्दाबोल्दै सरकारलाई पुनः सम्झाउँदै भने, ूभूमि विधेयकका असन्तुलित प्रावधान हटाउन सकिएन भने सरकारको नीति नै जनविरोधी सावित हुनेछ।ू

अध्यक्ष यादवले तराईमा सिंचाइको अभाव हुनुमा नेपालको परराष्ट्र नीतिको कमजोरी पनि प्रमुख कारण भएको टिप्पणी गरे। उनले उल्लेख गरेअनुसार, गण्डक नहर र कोशी ब्यारेजजस्ता महत्वपूर्ण पूर्वाधार भए पनि भारतसँग समन्वयको कमी र कमजोर कूटनीतिक पहलका कारण तराईका हजारौं किसान सिंचाइ सुविधाबाट वञ्चित भइरहेका छन्।

सरकारको कमजोर डिप्लोमेसीले गर्दा नेपाली किसानलाई न्याय मिल्न सकेको छैन। हामी आफ्नै भूमिमा पानीको हकबाट बञ्चित छौं, यादवको आरोप थियो।

यादवको यो अभिव्यक्तिले सरकारमाथि भूमि नीति र जलस्रोत व्यवस्थापनबारे दवाव थपिएको संकेत दिएको छ। जसपाले आगामी दिनमा भूमि विधेयक फिर्ता वा संशोधन नगरिए कडा राजनीतिक कदम चाल्न सक्ने पनि अनुमान गरिएको छ।

हाल प्रस्तावित भूमि विधेयक संसदको विषयवस्तु बनेको छ। विभिन्न दलहरूका सांसदहरूले समेत सो विधेयकमा प्रावधानगत विमति जनाएका छन्। यस्तो अवस्थामा अध्यक्ष यादवको सुझाव र चेतावनी सरकारका लागि चुनौतीपूर्ण मोड बन्न सक्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !