जनकपुरधाम, ९ साउन  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओली विरुद्ध मोर्चा खोल्ने तयारीमा जुटेकी छन । एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी विद्यालाई रोक्न ओलीले केन्द्रिय कमिटी बैठक बाटै निर्णय गराएपछि उनि ओली विरुद्ध मोर्चा खोल्ने तैयारी शुरु गरेकी हुन ।

एमालेको हालै सम्पन्न केन्द्रिय कमिटी बैठकले पूर्व राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन नहुने भन्दै निर्णय गरेपछि उनि ओली संग रुष्ट भएकी हुन । केन्द्रिय कमिटीको बैठक चल्दै गर्दा समेत पूर्वराष्ट्रपति भण्डारी आफु अघि बढि सकेको र अब पछि नफर्किने अडान दोहराएकी थिइन । तर उनको अडानलाई वेवास्ता गर्दै ओलीले केन्द्रिय कमिटीबाट उनलाई रोक्ने प्रस्ताव पारित गराउन सफल भए ।

एमाले केन्द्रिय कमिटीको निर्णय पछि क्रुद्ध देखिएकी पूर्वराष्ट्रपति भण्डारी आज दिउसो पत्रकार सम्मेलन गरेर निर्णयको प्रतिवाद गर्ने तयारी गरेको उनि निकट स्रोतले बताएको छ ।

उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । उनी निकट एक नेताका अनुसार एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले धारणा सार्वजनिक गर्नेछिन् ।

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आए संविधानको मर्म र भावना विपरीत हुने तर्क एमालेले गरेको छ । तर विद्याले राजनीतिमा गर्न पाउने संवैधानिक हक भएको भन्दै एमाले निर्णयको राजनीतिक प्रतिवाद गर्ने तयारीमा छिन् । त्यसका लागि देशव्यापी राजनीतिक अभियान चलाउने विद्याको तयारी छ ।

ओली र विद्याबीच शुरु भएको पछिल्लो राजनीतिक जुहारीले एमाले पार्टी भित्र तल्लो तह सम्म गुटको निर्माण हुन लागेको छ । भण्डारी पक्षधरहरुले पार्टीको निर्णय गलत भएको भन्दै समाजिक सञ्जाल देखी चियाचर्चा सम्म प्रतिवाद गर्न थालेका छन ।

एमालेको निर्णय लगतै पूर्वराष्ट्रपति भण्डारीकी छोरी उषाकिरणले समाजिक संजालमार्फत निर्णयको प्रतिवाद गर्दै आफु आश्चर्यमा परेको बताएकी थिइन । मदन भण्डारी फाउण्डेशनको अध्यक्ष समेत रहेकी उषाकिरणको अभिव्यक्तिले समेत विद्या ओलीको प्रतिवाद गर्ने तयारीमा रहेको स्पष्ट बुझिन्छ । विद्याको पक्षमा केन्द्रिय कमिटीको बैठक खुलेर बोलेका केन्द्रिय सदस्यहरु समेत अहिले सार्वजनिक रुपमा अभिव्यक्ति दिन डराइ रहेका छन । ओली पक्षले दिएको धम्कीको डरका कारण उनिहरु सार्वजसिनक रुपमा बोल्न नचाहेपनि आन्तरिक रुपमा ओली विरुद्धको मोर्चामा लाग्ने तयारीमा जुटेको स्रोतले बताएका छन । ओली बैठककै क्रममा विद्याको पक्षमा नबोल्न केन्द्रिय सदस्यहरुलाई चेतावनी दिएका थिए ।

ओली र विद्या विचको विवाद एमालेको राजनीतिलाई कहाँ पु¥याउला अहिले नै भन्न सक्ने स्थिति नरहेपनि आजको पत्रकार सम्मेलनले धेरैकुरा स्पष्ट हुने राजनीतिक विश्लेषकहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !