जनकपुरधाम, १३ भदौ । मधेशी स्वास्थ्यकर्मी फोरम मधेश प्रदेशको शनिवार जनकपुरधाममा हुन दोस्रो अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ।

फोरम मधेश प्रदेशका अध्यक्ष विनोद यादवले आज पत्रकार सम्मेलन गरि दोस्रो प्रदेश अधिवेशनको तयारी पुरा भएको जनाएका छन ।

जनकपुरधामको रामानन्द चोक स्थित हाटेल सेभेन स्टारमा हुने अधिवेशनको प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव रहने जनाइएको छ।

भदौ १४ र १५ गते हुने अधिवेशनमा प्रदेश भरिबाट करिब २५० प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने छन ।

पत्रकार सम्मेलनमा फोरमका केन्द्रिय अध्यक्ष कृष्णलाल यादवले नेपाल सरकारले संघीय निजमति ऐन र स्वास्थ्य ऐनलाई गाभिने गरि ल्याउन लागेको विधेयक बारे विधेयक बारे अधिवेशनबाट विशेष निर्णय गरिने जनाए । उनले निजामति सेवा ऐन र स्वास्थ्य ऐन गाभिए स्वास्थ्यकर्मीहरु समस्यामा पर्ने समेत जनाएका छन । आफुहरु उक्त ऐन संशोधन गर्न प्रदेश अधिवेशनबाट दवाव दिने समेत बताएका छन ।

अधिवेशनको खुल्ला सत्रमा जसपा नेपालका महासचिव एवं मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत , पूर्व मुख्यमन्त्री सरोज कुमार यादव सहितका नेताहरुको सहभागिता रहेन जनाएको छ।

१५ गते सम्म चल्ने अधिवेशन १७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गर्ने छन ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !