धारापानी, २८ भाद्र । धनुषाधाम नगरपालिका वडा नं. ६ मालटोलमा स्थानीयहरुले चौतारा तथा स्टेज निर्माण कार्य सुरु गरेका छन् । स्थानीयको जनश्रमदान र युवाहरुको आर्थिक सहयोगले सो कार्य सुरु गरिएको हो ।

गाउँको दुर्गा मन्दिर स्थान नजिक रहेको माँ दुर्गा युवा क्लबको जग्गामा चौतारा तथा स्टेज निर्माण कार्य थालिएको हो । धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिलाई अझ व्यवस्थित बनाउने उद्देश्यले सो कार्यको सुरुवात् गरिएको स्थानीयहरु बताउँछन् ।

युवाहरूको सामूहिक पहल तथा स्वेच्छिक योगदानमा आधारित यो निर्माण कार्यले स्थानीय समुदायको सामाजिक एकता र धार्मिक आस्थालाई मजबुत बनाउने विश्वास गरिएको छ ।

चौतारा तथा स्टेज निर्माण सम्पन्न भएपछि धार्मिक अनुष्ठान, सांस्कृतिक कार्यक्रम र सामुदायिक भेलाहरू आयोजना गर्न सहज हुने स्थानीयहरुको भनाइ रहेको छ ।

सो वडाका समाजसेवी एवं शिक्षाप्रेमी रामपुकार यादव, पत्रकार रामबाबु यादव, समाजसेवी मनोज यादव लगायत स्थानीय युवाहरु दिनेश यादव, राजिव यादव, सुमित यादव, धिरेन्द्र यादव, बौका यादव लगायतको विशेष योगदान रहेको छ ।

सो कार्य निर्माणका लागि आवश्यक सहयोग गरिदिनु हुन स्थानीयहरु सबैमा विशेष आग्रह गरिएको बुझिएको छ । स्थानीयहरुले आफूले सके जति आर्थिक सहयोग गरिदिए निर्माण कार्य समयमै पूरा स्थानीयसमेत रहेका पत्रकार रामबाबु यादवले बताए ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !