जनकपुरधाम, ६  असोज  । मिथिला संस्कृतिको केन्द्र जनकपुरधाममा यस वर्षको दशै (दुर्गा पूजा)को रमझम शुरु भएको छ । सहरभरि विशेष उत्साह र उमंग छाएको छ भने धार्मिक महत्व बोकेका मन्दिरहरू बेहुलीझैँ सिँगारिए का छन् । जनकपुरधामस्थित राजदेवी मन्दिर, बौधीमाई, सोनासति मन्दिर लगायतका धार्मिक स्थलहरूमा रंगीन बत्ती, फूल र तोरणले सजावट गरिएको छ।

मन्दिरहरुमा आज विहानै देखी स्थानीयवासी र दर्शनार्थीहरूको भीड लाग्न थालेको छ । बिहानै देखि मन्दिर परिसरहरुमा पूजाआजाका कार्यक्रमहरू शुरु भएको छ।

 

दशै शुरु भए संगै परिवारका सदस्यहरू नयाँ लुगा, मिठाई र पूजाको सामान किनमेलमा व्यस्त देखिन्छन्। बजारमा भीड बढेसँगै व्यापारीहरूको व्यापार पनि फस्टाएको छ।

मिथिला क्षेत्रको प्रमुख चाड मानिने दशैँ यहाँ विशेष उल्लासका साथ मनाइन्छ। देवीको पूजा–अर्चना, दुर्गा भवानीको स्तुति र धार्मिक कर्मकाण्डमा सहभागी भई श्रद्धालुहरूले आशीर्वाद लिने परम्परा रहिआएको छ। दशैमा जनकपुरधामको मुख्यम आकर्षणको केन्द्र राजदेवी मन्दिर परिसरमा यस वर्ष पनि विशेष पूजाको आयोजना गरिएको छ, जसमा हजारौं भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ।

 

दशैँ शुरु भए संगै जनकपुरधाम रंगीन, आकर्षक र उल्लासमय देखिन थालेको छ। मन्दिरहरूमा सजावट र भक्तजनको भीडले वातावरणलाई साँच्चिकै उत्सवमय बनाएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !