जनकपुरधाम, ८ असोज । दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरी मनाइँदै छ ।

नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आहृवान गरी पूजा गरिन्छ । दशैँ अवधिभर देशभरका शक्तिपीठमा दर्शनार्थीको घुुईंचो लाग्छ ।

पण्डजप्रवरारूढा चण्डकोपास्त्रकेर्युता ।
प्रसादं तनुते मह्यं चंद्रघण्टेति विश्रुता ।।

बडा दशैंमा घटस्थापना भएको तेस्रो दिन माँ चन्द्रघण्टाको पूजा गरिन्छ । नवरात्रिको तेस्रो दिन माँ चन्द्रघण्टाको पूजा र व्रत वस्ने गरिन्छ ।

चन्द्रघण्टा माताको यो स्वरुपलाई शुद्ध आत्माले पूजा गर्दा रोग हटछ र स्वस्थ्य भइन्छ । शत्रुहरुसित भय हुँदैन र दीर्घायुको वरदान प्राप्ती हुन्छ । यसको साथै माँ आध्यात्मिक शक्ति, आत्मविश्वास र आत्मामाथि नियन्त्रणपनि बढाउछिन् ।

पहिलो दिन पूजा हुने माँ शैलपुत्री र दोस्रो दिन पूजा हुने माँ ब्रम्हचारिणी भन्दा फरक रुपमा माँ चन्द्रघण्टाको पुजा हुन्छ । माता चंद्रघंटा शेरमाथि सवार रहनु हुन्छ । उहाँको दशवटै हातमा विभिन्न अस्त्र शस्त्रहरु रहेका छन् । माताको टाउकोमा चन्द्रमा विराजमान रहेकाल उहाँको यो स्वरुप अत्यन्त सुन्दर रहेको छ ।

चन्द्रमा टाउकोमा विराजमान रहेकै कारण उहाँको नाम चन्द्रघण्टा परेको छ । तेस्रो दिन मणिपुर चक्रलाई प्रबल बनाउन साधना गरिन्छ । मन, कर्म, वचन शुद्ध गरी पूजा गर्नेहरुको सबै पाप समाप्त हुने धार्मिक विश्वास छ ।

देवीको यो स्वरूप परम शांतिदायक र कल्याणकारी रहेको छ । त्यसैले भनिन्छ हामी निरन्तर उहाँका पवित्र विग्रहलाई ध्यानमा राखेर साधना गर्नु पर्छ ।

उहाँको ध्यान गर्नु हाम्रो जिवनकाल र परलोक दुवैका लागि कल्याणकारी र सद्गति दिने हुन् । माताको निधारमा घण्टाको अधार जस्तै चन्द्र रहेको छ । चन्द्रघण्टा माता कल्याणकारी र सुख प्रदायणी हुन् ।

माता चन्द्रघण्टाको रंग स्वर्ण झै अत्यन्त चम्किलो हो । दश हात भएकी माता चन्द्रघण्टाको सबै हातमा अस्त्र शस्त्र विभूषित छन् । सिंहमाथि सवार माता चन्द्रघण्टाको घण्टीको ध्वनीले भयानक अत्याचारी राक्षत, दानव, दैत्य थर्कमान हुन्छ । उहाँको घण्टाको आवाजले सन्त, ऋषीमुनी, देवी देउताहरुको आत्मविश्वास बढछ ।

तेस्रो दिन हुने पूजाको आप्mनै महत्व छ । माता चन्द्रघण्टाको कृपाले साधकहरुलाई अलौकिक वस्तुहरुको दर्शन हुन्छ । दिव्य सुगन्धित अनुभूती हुन्छ । कयौं किसिमका ध्वनीहरु सुनिन्छ । यस्तो क्षणमा साधकहरुलाई अत्यन्त सावधान रहनु पर्छ । माँ चन्द्रघण्टाको अराधनाल साधकहरुलाई वीरता, निर्भयता, सौम्यता र विनम्रताको विकास हुन्छ ।

त्यसकारण हामीले मन, वचन र कर्मले साथै जिउलाई विहित विधि–विधान अनुरुप परिशुद्ध–पवित्र गरी चंद्रघंटामाताकोे शरणागत भै उपासना–आराधना गर्नुपर्छ । विधिविधान पूर्वक साधनागर्दा सबै कष्टबाट मुक्ती पाउनुका साथै सहज ढंगले परम पदका अधिकार बन्न सकिन्छ । माता चन्द्रघण्टा अत्यन्त कल्याणकारी हुन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !