जनकपुरधाम, २० असोज । भारत तमिलनाडु का शंकराचार्य जगतगुरु स्वामी नारायण तीर्थ महास्वामीले विश्वका सम्पूर्ण सनातन धर्मका आस्थाका पवित्र तीर्थस्थल जानकी मन्दिरमा पूजापाठ गरेका छन्।
मित्र राष्ट्र भारतको चेन्नई अरक्को नामस् दस महाविद्या मन्दिर तमिलनाडु बाट १० दिने धार्मिक यात्रा का लागि नेपालमा आएका जगतगुरु स्वामी नारायण तीर्थ पहिलो श्री जानकी जन्मभूमि जनकपुरधाममा माता जानकीको पूजा पाठ दर्शन गरि धार्मिक यात्रा शुभारम्भ गरेका छन्।
यसरी जगतगुरु महास्वामीले जनकपुरधामको सभ्यता दैनिक महागंगा आरती हुने पवित्र तीर्थस्थल गंगासागर र शिव मन्दिरमा पूजा पाठ गरेका छन्।
धर्म यात्रा महासंघका प्रभारी विरेन्द्र साहको संयोजनमा जगतगुरु महास्वामीले जनकपुरधामका तीर्थ स्थलहरूमा पूजापाठ तथा दर्शन गरेका छन्।
सो अवसरमा गंगा आरतीका सुत्रधार मधेश प्रदेश सभा सदस्य रामअशिष यादव र जानकी मन्दिरका छोटा महन्थ रामारोशन दासले जगतगुरु स्वामी नारायण तीर्थ महास्वामीलाई सम्मान गरेका छन्।
जनकपुरधामको धार्मिक यात्रा पछि जगतगुरु स्वामी नारायण तीर्थ महास्वामीले बेलुका देवघाटमा विश्राम गर्ने कार्यक्रम रहेको कुरा जगतगुरु महास्वामीका परम शिष्य चन्द्र निरौला ले जानकारी दिए छन्।
देवघाट दर्शन पश्चात काठमाडौ बाबा पशुपतिनाथ दर्शन त्यस पछि पोखरा हुँदै मुक्तिनाथ दर्शन पश्चात भारत फर्कने कार्यक्रम रहेको छ।





