जनकपुरधाम, २४ असोज । जसपा नेपालको धनुषा क्षेत्र २ को क्षेत्रिय बैठक शहिदनगर नगरपालिका को यदुकूहामा सम्पन्न भएको छ।
जसपा नेपालका केन्द्रीय सदस्य प्रदेश सांसद रामअशिष यादबको प्रमुख अतिथ्य र जिल्ला उपसचिव राम बिहारी यादव(बिकास ) को अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य अरुण सिंह मंडल, प्रदेश सदस्य पुर्व प्रदेश सांसद शैलेन्द्र कुमार यादव, प्रदेश सदस्य तृय राजकुमार यादव,रामो महरा, अब्दुल शेख, जिल्ला अध्यक्ष पशुपति यादव, बरिष्ठ उपाध्यक्ष तथा शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादव, जनकनन्दनी गाउँ पालिका का अध्यक्ष दिपिनदेव यादव,पु्व सचिव युवा नेता वरुण यादव,उपाध्यक्ष ललित मंडल, सचिव रामनारायण कापडि, जिल्ला सदस्य आमिन राइन, नगर अध्यक्ष कमलदेव मंडल, शहिदनगर नगरपालिका वार्ड नं का वार्ड अध्यक्ष मनोज दास, औरही गाउँ वार्ड नं ५ का वार्ड अध्यक्ष सरोज कुमार मंडल, वार्ड नं ६ का वार्ड अध्यक्ष शंकर प्रसाद साह, पुर्व उपाध्यक्ष रामशंकर पासमान, युवा नेता द्वय अशोक मंडल, रमेश अधिकारी, निर्वाचन अधिकृत डा राम छबिला यादव,गंगाप्रसाद बिडला सहित पार्टी का स्थानीय नेताहरु को सहभागिता रहेका छन्।
जसपा नेपाल मधेश प्रदेशको असोज २७ र २८ गते जनकपुरधाममा हुने प्रदेश अधिवेशनका प्रदेश प्रतिनिधि छनौट गर्न उदेश्यले क्षेत्रिय बैठकको आयोजना गरिएको कुरा निर्वाचन अधिकृत गंगाप्रसाद बिडला ले जानकारी दिए छन्।





