जनकपुरधाम, २७ असोज ।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान पुनर्लेखन गरि जनताबाट निर्वाचित सरकार प्रमुख नभएर राष्ट्र प्रमुखको आवश्यकता रहेको बताएका छन् ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा सुरु भएको पार्टीको एकताको प्रथम मधेश प्रदेश अधिवेशनको समुदघाटन सत्रलाई सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले जनताबाट निर्वाचित सरकार प्रमुख हुँदा राष्ट्रप्रमुख पुनः तानाशाह हुन सक्ने बताए ।

जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपति भयो भने सांसद किनबेच हुदैन र देशमा स्थिरता हुने उनको दावी छ । अहिलेको निर्वाचन प्रणाली खिचडी निर्वाचन प्रणाली रहेको भन्दै उनले दुनियाँको ७१ देशमा पुर्ण समानुपातिक निर्वाचन प्रणाली रहेको जहाँ उम्मेदवार र दलले पैसा खर्च गरेर चुनाव लड्न नपर्ने व्यवस्था रहेको सुनाए ।

बहुदलीय व्यवस्था पछि ३५/३६ वर्ष शासन गरेको कांग्रेस कम्युनिष्टले देशलाई पालैपालो लुटेकाले वर्तमान स्थितिको सृजना भएको उनले आरोप लगाएका छन् ।ज्योतिषीलाई देखाई देखाई दुई तीनजना पटक पटक प्रधानमन्त्री भएको तर जनताले केहि नपाएको उनको तर्क छ ।

सुन काण्ड, ओमिनी काण्ड, भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड सहितका काण्डै काण्डले युवाको आक्रोस बढदै गएको बेला आक्रोस पोख्ने समाजिक सञ्जाल पनि नरहेपछि आक्रोस विद्रोहमा परिणत भएको उनले थपे ।

उनले भने, चुनावको वातावरण छैन, जनता समक्ष अनिश्चितता, भय र त्रास छ, सरकार र संसद विघटन संविधान तहत छैन, मुलुक अन्योल र अनिश्चिततामा छ, गन्तब्य नै छैन के हुन्छ थाहा छैन ।’ अहिलेको आठ जिल्ला मात्र मधेश नहुने समेत दोहर्याए ।

पार्टीको मधेश प्रदेश अध्यक्षमा पुनः दोहर्याउन चाहेका वर्तमान अध्यक्ष बाल किशोरका अनुसार जसपा नेपालमा ८८ हजार ४ सयले नविकरण गराएका छन् । उनी विरुद्व युवा नेता योगेन्द्र राय यादवले पनि उम्मेदवारीको उदघोष गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !