जनकपुरधाम, १ कात्तिक । चलचित्रकर्मी लालकिशोर यादले पूर्व गृह, सञ्चार तथा कानूनमन्त्रीले गरेका अनाधिकृत नियुक्ती खारेजीको माग गरेका छन् ।

कात्तिक १ गते यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत् मन्त्री राजकुमार लेखीले चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्ड लगायत अन्य क्षेत्रमा गरेका नियुक्ती खारेजी गर्नुपर्ने माग गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मधेश प्रदेशमा अब बन्ने गृह सञ्चार तथा कानुन मन्त्रीले भूपू भ्रष्ट मन्त्रीले गैर कानुनी र पैसा खाएर आफ्ना नातेदार र आसेपासेलाई चलचित्र बोर्ड लगायत अन्य बोर्डहरुमा नियुक्त गरेकोलाई खारेज गर्नु पर्छ ।’

चलचित्र बोर्डमा मन्त्रीले नातामा भजितो पर्ने भनिएका कुमार लेखीलाई अध्यक्षमा नियुक्त गरेका थिए । कुमार लेखीको नियुक्तीका विषयमा व्यापक विरोध र अदालतमा मुद्दा समेत परेको थियो ।

कुमार लेखी चलचित्रकर्मी नभएको लालकिशोर यादव, निराजन मेहता र सन्तोष राज सहनीले बताएका छन् । उनीहरुले कुमार लेखीको नियुक्तीका विषय लिएर अदालतसम्म पुगेका थिए ।

मधेश प्रदेशमा अब आउने सञ्चारमन्त्रीले कुमार लेखी लगायत अन्य क्षेत्रमा रकम चलखेल गरी गरिएको नियुक्त खारेज गर्नुपर्ने लालकिशोर बताउँछन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !