जनकपुरधाम, ६ मंसिर । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेको जनता समाजवादी पार्टी नेपालले संघर्षको कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

मंसिर ३ र ४ गते काठमाडौमा सम्पन्न पार्टी केन्द्रिय कार्यकारिणी समितिको बैठकले चुनावी तयारी र संघर्षको कार्यक्रमलाई एक साथ अघि बढाउने निर्णय गरेको छ ।

पार्टीले विगत देखी उठाउदै आएको मांगहरु पुरा गराउन सडक संघर्षको निर्णय गरेको पार्टीका महासचिव लालबाबु राउतले जनाएका छन ।
उनका अनुसार पार्टीले उठाउदै आएको मांगहरु प्रति सरकार सकारत्मक नदेखिएकोले बाध्य भएर संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।

जसपाले घोषणा गरेको संघर्षको कार्यक्रम अनुसार मंसिर १० गते सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने, मंसिर ११ देखी १५ सम्म प्रत्येक संसदीय क्षेत्रका सहर तथा बजार क्षेत्रमा विरोध कार्यक्रम, कोण सभा र जनपरिचालन सञ्चालन हुनेछ।

 

त्यसै गरि मंसिर १९ देखी २१ सम्म जिल्ला सदरमुकामका जिल्ला प्रशासन कार्यालय अगाडि मागसहितका प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिइने छन् ।भने मंसिर २७ देखी पौष ४ सम्म देशभर जिल्ला स्तरीय विरोध सभा तथा जनसभा आयोजना गरिनेछ।

जसपा नेपालले १२ गते देखी प्रदेश स्तरीय जनप्रदर्शन तथा विरोध सभा गर्ने भएका छन । जस अनुसार पौष १२ गते विराटनगर, कोशी प्रदेश, पौष १४ गते जनकपुर, मधेश प्रदेश, पौष १५ गते वीरगंज, मधेश प्रदेश, पौष १७ गते नेपालगञ्ज÷भैरहवा, लुम्बिनी प्रदेशमा विरोध सभ ागर्ने भएका छन ।

यसका अतिरिक्त, आवश्यकता अनुसार अन्य विरोध कार्यक्रमहरू सम्बन्धित जिल्ला समिति वा प्रदेश समितिले निर्णय गरी सञ्चालन गर्न जसपा नेपालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !