भागचरण यादव

जनकपुरधाम २२ मंसिर । मैथिली संगीत बजारमा आज एक नयाँ सांगीतिक कृति थपिएको छ । गायक सुनील राजाको मधुर स्वरमा सजिएको पहिलो डीजे एल्बम ‘डिजे बजा बजा साउण्ड बढा बढा…’ मंसिर २२ गते औपचारिक रूपमा युट्युब च्यानल “सुनील राजा ब्लोग” मार्फत सार्वजनिक गरिएको हो ।

युवापुस्ताको रुचि र आधुनिक संगीत शैलीलाई केन्द्रमा राखेर तयार पारिएको यस गीतका शब्द स्वयं गायक सुनील राजाले लेखेका हुन् । गीतमा आधुनिक स्वादअनुसारको संगीत संयोजन गरिएको छ भने यसको संगीत निर्देशन धनिक लाल झाले गरेका छन् ।

गीतको सम्पूर्ण रेकर्डिङ जनकपुरधामस्थित रियान्स रेकर्डिङ स्टुडियोमा सम्पन्न गरिएको हो । सार्वजनिक भएलगत्तै गीतप्रति दर्शक तथा श्रोताको चासो बढ्दै गएको छ । गीतमा मनोरञ्जनात्मक प्रस्तुति, युवा पुस्ताको चाहना र आधुनिक धुनको उत्कृष्ट मिश्रण देख्न सकिन्छ ।

निर्माण टिमले नयाँ सोच र उत्साहका साथ प्रस्तुत गरिएको यस गीतले मैथिली संगीत क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेको छ । साथै, दर्शक तथा श्रोतालाई गीतलाई माया र समर्थन गरिदिन आग्रहसमेत गरिएको छ ।

युवामाझ लोकप्रियता हासिल गर्दै अघि बढिरहेका गायक सुनील राजाको यो नयाँ डीजे गीतले संगीत बजारमा राम्रो स्थान बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !