काठमाडौं, २४ मंसिर । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यको पुनर्बहालीसँगै मनोज सिलवाल ले ७८ दिनको जिम्मेवारीबाट पद छोडेका छन्।
बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा शाक्यले पदभार ग्रहण गरेसँगै ऊर्जा मन्त्री कुलमान घिसिङले उनलाई हटाएर सिलवालको कार्यकाल अन्त्य गरेका हुन्। सर्वोच्च अदालतको परमादेशपछि शाक्य पुनर्बहाली भएका थिए।
सिलवालले अदालतको निर्णयलाई सम्मान गर्दै भने, “म आफूलाई राजनीतिक सिकार भएको भन्दिनँ। सम्मानित अदालतको परमादेश अनुसार अघि बढ्नुपर्छ। मैले ७८ दिन काम गरेँ, जिम्मेवारीपूर्वक काम गरेँ।”
सिलवालले थपे, “एक दिन पनि घर नबसी बिहान ९ बजेदेखि राति ९ बजेसम्म काममा खटिएको थिएँ। इमानदार भएर काम गरेँ र प्राधिकरणलाई अलिकति लयमा ल्याएँ। यो पद सरकारले दिएको हो, जाँच पास गरेर पाएको जागिर होइन। चाहेपछि जुनसुकै बेला हटाउन पाउने अवस्था छ। अहिले भने अदालतको निर्णयपछि शाक्यलाई पुनर्बहाली गरिएको छ।”
उनले आफ्नो छोटो कार्यकालमा प्राधिकरणको प्रशासनिक लय सुधारमा प्रयास गरेको बताए।
सिलवालको यो अभिव्यक्तिले प्राधिकरणमा नेतृत्व परिवर्तनपछि पनि कर्मचारीको प्रतिबद्धता र जिम्मेवारीप्रति उसको ईमानदार दृष्टिकोण प्रष्ट देखाउँछ।





