जनकपुरधाम २७ मंसिर । समाजवादी युवा संघ, नेपाल महोत्तरी जिल्ला कार्यसमितिको विस्तारित बैठक शनिबार सम्पन्न भएको छ। बैठक जिल्ला अध्यक्ष सरोज यादवको अध्यक्षतामा आयोजना गरिएको हो।

बैठकमा जनता समाजवादी पार्टी (जसपा), नेपाल महोत्तरी जिल्ला अध्यक्ष रामनरेश यादव प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। यस्तै, समाजवादी युवा संघ, नेपालका केन्द्रीय महासचिव दीपू कपार, केन्द्रीय सचिव शौरब शर्मा, कोषाध्यक्ष शत्रुधन यादव, प्रदेश अध्यक्ष कमलेश यादव, केन्द्रीय सदस्य नवीन झा, सूरज सिंहलगायत संघका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकमा संगठन सुदृढीकरण, युवा परिचालन, आगामी कार्यक्रम तथा समसामयिक राजनीतिक गतिविधिबारे विस्तृत छलफल गरिएको थियो। छलफलका क्रममा संघको भूमिकालाई थप प्रभावकारी बनाउने, जिल्लास्तरमा संगठन विस्तार गर्ने तथा युवालाई राजनीतिक रूपमा सचेत र सक्रिय बनाउने विषयमा महत्त्वपूर्ण निर्णयहरू गरिएका छन्।

बैठकको अन्त्यमा अध्यक्ष सरोज यादवले उपस्थित सबै अतिथि तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !