जनकपुर, २९ मंसिर । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ ।

सोमबार बिहान बसेको सातदलीय गठबन्धनको बैठकले सरकार विस्तार गर्ने सहमति गरेसँगै मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा दुई जना नयाँ मन्त्री नियुक्त भएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रानी कुमारी तिवारी शिक्षा तथा संस्कृति मन्त्रीमा नियुक्त भएकी छन् भने नेकपा माओवादी केन्द्रबाट जवाहरलाल कुश्वाहा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री बनेका छन् ।

नवनियुक्त दुवै मन्त्रीले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । यसैबीच, गत २१ मंसिरमा बिनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका नेपाली कांग्रेसका जंगीलाल राय लाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । यसअघि नै जनमत पार्टीका महेशप्रसाद यादवले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । पछिल्लो विस्तारसँगै मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् छ सदस्यीय बनेको छ ।

हालको मन्त्रिपरिषद् संरचनाअनुसार नेपाली कांग्रेसबाट मुख्यमन्त्रीसहित एक मन्त्री, नेकपा एस, जनमत पार्टी, लो  सपा र माओवादी केन्द्रबाट जनही एक–एक मन्त्री सहभागी छन्

 

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !