जनकपुरधाम २ पुष । अरुण बिजैयाको निर्देशनमा बनेको मैथिली सिनेमा ‘कलकतियावाली’ अब ठुलो पर्दामा देखिने भएको छ। उक्त चलचित्र आउँदो पुष ४ गते शुक्रबारदेखि जनकपुरधामस्थित आशा टाकिजमा प्रदर्शन हुँदैछ।
समाजका यथार्थ समस्या र विसङ्गतिलाई मनोरञ्जनसँगै सशक्त सन्देशका रूपमा प्रस्तुत गरिएको यस चलचित्रमा अविनाश झा, रामनारायण ठाकुर, ईसिका भुजेल,श्याम ,सजय राउत बैधनाथ साह लगायत कलाकारको अभिनय रहेको छ। करिब २ घण्टा १५ मिनेट लामो यो सिनेमा नेपाल चलचित्र विकास बोर्डबाट सेन्सर पास भइसकेको छ।
जनकपुरधामपछि मिथिलाञ्चलका अन्य जिल्लामा समेत प्रदर्शन गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ। मैथिली भाषा, कला र संस्कृतिलाई ठुलो पर्दामा प्रभावकारी रूपमा प्रस्तुत गर्ने अपेक्षासहित ‘कलकतियावाली’ लाई स्थानीय दर्शकले चासोका साथ प्रतीक्षा गरिरहेका छन्।





