जनकपुरधाम, ९ पुष । जनकपुरधामको बारहबिघा खेलमैदानमा आजदेखि : पाँचौ अन्तरविद्यालय क्रीकेट प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन मधेश प्रदेशका सभामुख माननीय रामअशिष यादवले गर्नुभएको हो।
उद्घाटन समारोहमा बोल्दै सभामुख यादवले खेलकुदले अनुशासन, नेतृत्व र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई खेलकुदसँगै शिक्षामा पनि अगाडि बढ्न प्रेरित गर्नुभयो।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय खेलाडी गुडु पाण्डेले गर्नुभएको थियो। अध्यक्ष पाण्डेले अन्तरविद्यालयस्तरका प्रतियोगिताले युवा खेलाडीहरूको प्रतिभा उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगितामा विभिन्न विद्यालयका टोलीहरूको सहभागिता रहेको छ। आयोजकका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेटको विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।





