सर्लाही २० पुष । नेकपा एमाले परित्याग गरी सर्लाहीको हरिवन नगरपालिका–१ भोकटेनी निवासी बिनोद यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।
यादवलाई जसपा नेपालका जिल्ला अध्यक्ष रणधिर यादवले औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
बिनोद यादव यसअघि किसान महासंघका केन्द्रीय महासचिव समेत रहिसकेका अनुभवी नेता हुन्। पार्टी प्रवेशपछि बोल्दै यादवले नेकपा एमालेले मधेश विरोधी गतिविधि गर्दै आएको आरोप लगाउँदै मधेशको हकहित र अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएको मधेश केन्द्रित दल जसपा नेपालमा पुनः आफू आबद्ध भएको बताए।
जसपा नेपालले यादवको प्रवेशले पार्टीको संगठन सुदृढ हुनुका साथै किसान र मधेशी मुद्दामा पार्टी थप बलियो हुने विश्वास व्यक्त गरेको छ।





