भागचरन यादव

जनकपुरधाम २४ पुष । वीरगञ्जस्थित अशोक वाटिकामा रहेको बौधीमाई मन्दिर परिसरको एक रुखमा हिन्दु धर्मावलम्बीहरूको आस्थासँग जोडिएको भगवान हनुमानको आकृति देखिएको विश्वास भएपछि स्थानीयवासीहरू आश्चर्यचकित भएका छन्।

उक्त रुखको तना भागमा देखिएको आकृति भगवान हनुमानसँग मिल्दोजुल्दो भएको भन्दै स्थानीय श्रद्धालुहरू त्यहाँ पूजा–आराधना तथा दर्शनका लागि भेला हुन थालेका छन्। राति र बिहानको समयमा समेत दर्शन गर्ने भक्तजनको भीड लागिरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

स्थानीयवासीहरूका अनुसार रुखमा देखिएको आकृतिमा प्राकृतिक रूपमा देखिनु र आकृतिको बनावट हनुमानको अनुहार तथा शरीरसँग मेल खानु धार्मिक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिएको छ। यस घटनापछि श्रद्धालुहरूले रुखलाई “हनुमान वृक्षमा सिन्दूरजस्तै रातो रंग नाम दिएर पूजा–पाठ सुरु गरेका छन्।

धार्मिक आस्थाका कारण उक्त स्थानमा दीप प्रज्वलन, फूल–प्रसाद अर्पण तथा हनुमान चालीसा पाठ गर्ने क्रम बढ्दै गएको छ। केही श्रद्धालुहरूले यसलाई चमत्कारी प्रकट भएको विश्वास व्यक्त गरेका छन् भने स्थानीय प्रशासनले शान्ति–सुरक्षा तथा व्यवस्थापनमा ध्यान दिएको जनाएको छ।

यस घटनाले अशोक वाटिका क्षेत्र धार्मिक आस्थाको केन्द्रका रूपमा थप चर्चामा आएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !