जनकपुरधाम, २६ पुष । मानव अधिकार सम्बन्धि दुई दिवसीय क्षमता अभिवृद्धि तालिम जनकपुरधाममा सम्पन्न भएको छ।
इन्सेक मधेश प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षकहरुको लागि आयोजना गरिएको उक्त तालिममा प्रदेश भरिका दूई दर्जन भन्दा बढी अधिकारकर्मीहरु सहभागि भएका थिए ।
तालिममा बालअधिकार र महिला हिंसाको अवस्था सम्बन्धमा विशेष प्रशिक्षण दिइएको हो ।
तालिममा मानव अधिकार आयोगका बुद्धनारायण साहनी, अधिवक्त रेखा झा, तुलसी भण्डारी र देवकुमारी महराले प्रशिक्षण दिएका थिए । भने अजय परियार, देव कुमारी महरा, मुकेश मिश्र, अमित कुमार मिश्र सहितको सहभागिता रहेको थियो । तालिमको उद्घाटन मधेश प्रदेशका सभामुख रामअशिष यादवले गरेका थिए





