जनकपुरधाम २६ पुष  ।  जनकपुरको मारवाडी युवा मञ्चले मारवाडी युवा दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाएको छ । रक्तदान, मानवसेवा आश्रममा भोजन र युवा भेलाको आयोजना गरेर मारवाडी युवा दिवस मनाइएको हो ।

मञ्चका अध्यक्ष राहुल सिंघानियाका अनुसार शनिबार जनकपुरका जनक मन्दिर परिसरमा भएको रक्तदान कार्यक्रममा ९६ जनाले रक्तदान गरेका छन ।

रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा समाजका बिभिन्न क्षेत्रका व्यक्तिहरुले रक्तदान गरेको अध्यक्ष सिंघानियाले जानकारी दिए । ‘स्वस्फूर्तरुपमा रक्तदान गर्ने सबैलाई अभार व्यक्त गर्दछु,’ मञ्चका अध्यक्ष सिंघानियाले भने,‘तीन दिवसिय कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद छ ।’

मारवाडी युवा मञ्चले स्थापना दिवसको अवसरमा जनकपुरको मानव सेवा आश्रममा आश्रितहरुले भोजन पनि उपदब्ध गराएको छ । यस्तै, मारवाडी युवा भेलाको आयोजना गरेर बिभिन्न खेलको माध्यमले युवावर्गको क्षमता अभिबृद्धिसमेत गरिएको अध्यक्ष सिंघानियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !