भागचरण यादव
जनकपुरधाम २७ पुष । नेपाल मेडिकल एसोसिएसन (एनएमए) जनकपुर शाखाको हालै सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति गठन भएको छ। निर्वाचन प्रक्रियाबाट डा. रामज्ञान यादव अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।
नयाँ कार्यसमितिअनुसार वरिष्ठ उपाध्यक्षमा डा. विजय कुमार कापर, उपाध्यक्षमा डा. निरञ्जन कुमार गोइत चयन हुनुभएको छ। महासचिवको जिम्मेवारी डा. विजय कुमार साहले पाउनुभएको छ भने सहसचिवमा डा. रबिन झा चयन हुनुभएको छ। त्यसैगरी कोषाध्यक्षमा डा. रतीश सिंह राजपूत र सह–कोषाध्यक्षमा डा. शम्भु साह निर्वाचित हुनुभएको छ।
कार्यसमितिका सदस्यहरूमा डा. जितेन्द्र ठाकुर, डा. रबिन प्रसाद साह, डा. बलराम मण्डल, डा. ममता कुमारी साह, डा. राम प्रताप साह र डा. अश्विनी कुमार रञ्जन रहनुभएको छ।
नवनिर्वाचित कार्यसमितिले चिकित्सकहरूको हकहित संरक्षण, पेशागत मर्यादा कायम राख्दै स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ। जनकपुर क्षेत्रका चिकित्सकहरूका साझा समस्यालाई संस्थागत रूपमा उठान गर्दै समाधानतर्फ अग्रसर हुने अपेक्षा समेत गरिएको छ।





