काठमाडौं, २८ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एकीकरणपछि अध्यक्ष उपेन्द्र यादव निर्वाचन आयोग पुगेका छन्।

उनीहरूले दुवै पार्टीबाट बुझाइएको समानुपातिकतर्फको बन्द सूचीमा रहेका नाम फिर्ता लिन आयोगमा निवेदन दिएका छन्।

 

आइतबार मात्रै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच एकीकरण सम्झौता भएको थियो।

एकीकरणपछि नयाँ पार्टीको नाम जसपा नेपाल रहिरहनेछ भने चुनाव चिह्न छाता रहनेछ। यस अनुसार पार्टीको अध्यक्ष उपेन्द्रयादव हुनेछन् भने संरक्षकको जिम्मेवारी महन्थ ठाकुरले सम्हाल्नेछन्।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !