काठमाडौं, २८ पुष । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितका नेताहरू सभापति शेरबहादुर देउवासँग छलफलका लागि महाराजगञ्जस्थित देउवा निवास पुगेका छन् ।

स्रोतका अनुसार देउवा निवासमा नेताहरूबीच छलफल सुरु भइसकेको छ । छलफलमा शेखर कोइरालासँगै सहमहामन्त्रीहरू जीवन परियार र बद्रि पाण्डे तथा नेता मिनेन्द्र रिजाललगायत सहभागी छन् ।

भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन जारी रहँदा पार्टीभित्र देखिएका मतभेद, एकता र आगामी कार्यदिशाबारे छलफललाई तीव्र बनाइएको बताइएको छ । विशेष महाधिवेशनका क्रममा पार्टी नेतृत्वबीच निरन्तर संवाद भइरहेको छ ।

विशेष महाधिवेशनमा हालसम्म दुईवटा प्रतिवेदन पेस भइसकेका छन् । ती प्रतिवेदनमाथि प्रतिनिधिहरूले समूहगत रूपमा छलफल गरिरहेका छन् । नेतृत्व तहमा भइरहेको छलफललाई महाधिवेशनलाई सहमति र निष्कर्षतर्फ लैजाने प्रयासका रूपमा हेरिएको छ ।

 

पार्टी एकता, संगठन सुदृढीकरण र आगामी राजनीतिक चुनौतीबारे साझा धारणा बनाउन नेताहरूबीचको यो भेटवार्ता महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !