सप्तरी, २९ पुष । सिमावर्ती भारतीय बजारबाट लागुऔषध खरिद गरेर ल्याउँदै गरेका दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउपर्नेहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ७ का २२ बर्षीय पारसमणी चौधरी र २० बर्षीय विनम चौधरी थारु छन् ।

उनीहरुलाई सोमबार साँझ सुरुङ्गा नगरपालिकाको कदमाहा सडक खण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स४प ७७२३ नम्बरको मोटरसाईकल चढेर आउँदै गर्दा गस्तीमा रहेका इलाका प्रहरी कार्यालय भेडियाको टोलीले शंका लागी चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिवन्धित लागुऔषध डाइजेपाम १५, फेनारगन १७ तथा ब्रुपेनोरोफिन १८ गरी ५३ एम्पुल लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

लागुऔषधको ओसारपसार जस्ता अपराध बढ्न थालेपछि सिमाक्षेत्रमा निगरानी बढाएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !