जनकपुरधाम, ३० पुष। मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त अधिवक्ता डा. सुनिल रञ्जन सिंहले आज देखी आफनो कार्यभार सम्हालेका छन । हिजो मत्र नियुक्त भएका सिंह आज प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ समक्ष पद तथा गोपनियताको सपथ लिदै कार्यभार सम्हाले मुख्यन्यायधिवक्ताको कार्यालयले जनाएका छन ।

सपथ ग्रहण समारोहमा मुख्यमन्त्री कृष्ण प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख कर्णले सर्लाही ईश्वरपुर नगरपालिका–४ का सिंहलाई मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त गरेको थियो ।

मुख्यमन्त्री यादवको नेतृत्वमा गत महिना गठन भएको नयाँ सरकारसँगै अघिल्लो मुख्य न्यायाधिवक्ताले राजीनामा दिँदा उक्त पद रिक्त भएको थियो।

 

सर्लाही ईश्वरपुर निवासी डा. सिंह दुई दशकदेखि वकालत गर्दै आएका छन्। उनले फौजदारी कानुन तथा न्यायमा स्नात्तकोत्तर गरेका छन् भने नेपाल संस्कृत विश्वविद्यालयबाट मिथिला क्षेत्रको संस्कृति विषयमा विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गरेका छन्।

सिंहसँग स्थानीय तह पुनर्संरचना आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सदस्य भएर काम गरेको अनुभव छ। त्यस्तै, उनले कारागार सुधार आयोग र शान्ति कोषको बोर्ड सदस्य भएर पनि कार्यभार सम्हालेका छन्।

डा. सिंहको नियुक्तिसँगै मधेश प्रदेशमा न्यायिक प्रशासनमा स्थायित्व र अनुभवसम्पन्न नेतृत्वको अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !