भागचरन
जनकपुरधाम ४ माघ । धनुषा जिल्लाको जनकपुरधामस्थित श्री धर्मसस्थ व्याहुत कलवार चौरासी व्याहुत सेवा समिति (कलवार कुटी) को कार्यसमितिको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचनमा विभिन्न पदका लागि उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएको थियो।
निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा श्याम प्रसाद साह विजयी भएका छन्। त्यसैगरी उपाध्यक्ष पदमा संजय प्रसाद साह सर्वाधिक मत प्राप्त गरी निर्वाचित भएका छन्। महासचिव पदमा शिव शंकर साह विजयी भएका छन् भने सचिव पदमा दीपक कुमार साह निर्वाचित भएका छन्।
त्यसैगरी कोषाध्यक्ष पदमा बजरंग प्रसाद साहले आफ्ना प्रतिस्पर्धी उम्मेदवारलाई पराजित गर्दै विजय हासिल गरेका छन्। निर्वाचनमा उम्मेदवारहरूले प्राप्त गरेको मत संख्या मतपत्रमा स्पष्ट रूपमा उल्लेख गरिएको समितिले जनाएको छ।
नवनिर्वाचित कार्यसमितिले संस्थाको हित, पारदर्शिता तथा सामाजिक सेवामा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।





