सप्तरी, २० माघ । जनअधिकार पार्टीका राष्ट्रिय अध्यक्ष शरद सिह यादवले जनमत पार्टी भित्र लोकतन्त्र जीवीत नरहेकाले सो पार्टी परित्याग गरी आफ्नै नेतृत्वमा नयाँ दल निर्माण गरिएको खुलासा गरेका छन ।

कुनै बेला जनमत पार्टीका प्रभावशाली नेता एवं प्रवक्ता समेत रही हाल आफ्नै नेतृत्वमा जनअधिकार पार्टी खोलेका अध्यक्ष यादवले मंगलवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो खुलासा गरेका हुन ।

रोचक कुरा त के छ भने जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउत दोश्रो पल्ट चुनाव लडीरहेको सप्तरीको क्षेत्र नं.२ बाटै उनले पनि उम्मेदवारी दिएका छन ।

जनमत पार्टी भित्र आन्तरिक लोकतन्त्र समाप्त भएको भन्दै नयाँ दल खोली डुङ्गा (नाव) चुनाव चिन्ह लिएर चुनावी मैदानमा ओर्लेका उनले आफनो जित सुनिश्चित रहेको दाबी समेत गरेका छन ।

 

“पुर्खाहरुको पालामा समाजसेवीहरु जग्गा जमिन बेचेर भएपनि तथा विपन्नलाई सहयोग गर्ने गरी राजनितीमा लाग्थे, उनले भने–अहिले भने जग्गा जमिन र महल जोड्ने उदेश्यले केहि ब्यक्ती राजनितीमा लाग्दा जनतामा त्यस्ता नेताहरु प्रति वितृष्णा फैलिदै गएको छ ।”

उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा झण्डै ७८ जना युवाले ज्यान गुमाउनुको मुख्य कारण बेथिती, भ्रष्टाचार र यस्तै प्रवृति भएको जीकीर गरे । उनले २०६४ साल देखी यस क्षेत्रमा लगातार मधेश केन्द्रित दल कै उम्मेदवार जीत्दै आएपनि यहाँको अवस्थामा भने कुनै सुधार न भएको उल्लेख गरे ।

यहाँको राजनिती र विकासीय कामको सुस्तता देखेर यसलाई गति प्रदान गर्न प्राथमिक्ताका विभिन्न एजेण्डा सहित आपृmु उम्मेदवार बनेको उनले प्रष्ट्याएका छन ।

पत्रकार सम्मेलनमा उनले ११ बुंदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका छन । जसमा गजेन्द्र नारायण सिह अस्पताललाई सुविधा सम्पन्न बनाउने, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा गुणस्तरीय शिक्षको ब्यवस्था गरिने, छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटकस्थलको रुपमा विकास गर्ने उनको प्रतिबद्धता छ ।

यस्तै भारतीय सिमा संग जोडिएको राजविराज–कुनौली सडकखण्डको स्तरोन्नती, क्षेत्र भित्रका सबै लिंक रोडहरुको मर्मत सम्हार र निर्माण, किसानलाई समय मै मलखाद्य, विऊ विजनको ब्यवस्था, सबै पालिकामा पूस्तकालयको स्थापना, राजविराज विमानस्थलबाट दैनिक २ हवाई उडानको व्यवस्था, सामुहिक विद्यालयहरुको स्तरोन्नती तथा गुणस्तरीय शिक्षाको व्यव्स्था लगायतका कार्य आफ्नो प्राथमिक्तामा रहेको उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन ।

सप्तरीको क्षेत्र नं. २ मा उनी संगै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउत, रास्वपाका रामजी यादव, जसपा नेपालका उमेश यादव, नेपाली काँग्रेसका रामकुमार यादव, नेजपाका रञ्जु ठाकुर, राष्ट्रिय मुक्ती पार्टीका अनिस अंसारी, उज्यालो नेपाल पार्टीका डा. दिपक चौधरी मुख्य प्रतिस्पर्धामा देखिएका छन ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !