सम्भवतः मधेस प्रदेश देशकै उत्कृष्ट र आर्थिक रुपले बलियो रहेको आधार स्थापित हुँदै छ । कारण हो, देशका सम्पूर्ण निकायको नजर मधेस प्रदेश । सबैको ध्यान मधेसमा केन्द्रीत हुनु भनेको यो प्रदेशको बलियो पक्ष हो ।

प्रदेशका मुख्य नाका बीरगञ्ज रहेको छ । त्यस्तै यो प्रदेशको ८ वटै जिल्ला भारतलाई छोएको छ । सबै जिल्लामा भारतबाट सहजरुपमा सामान आपूर्ति हुने सासाना नाकाहरु छन् ।

कुनै पनि ठाउँको विकासमा त्यहाँ भैरहेको आर्थिक कारोबारले निर्धारण गर्छ । मधेसमा केन्द्र (नेपाल) सरकारबाट सबैभन्दा कम रकम विनियोजन गर्दा पनि यहाँका जनतामा प्रतिव्यक्ति आयमा कमी छैन ।

मधेसमा, समग्रमा शिक्षा क्षेत्रको लगानीमा कमी छ । यहाँका बासिन्दाहरु शिक्षालाई प्राथमिकतामा राखेको पाइँदैन । र, सबैले शिक्षामा लगानी गरेको छैन भन्न पनि मिल्दैन । किनकी, नेपालका हरेक क्षेत्रमा यहाँका प्रतिनिधित्व उत्कृष्ट छ ।

देशको प्रमुख सहर काठमाडौंलाई पनि मधेसकै डर छ । यहाँबाट उत्पादित दक्ष जनशक्तिलाई काठमाडौंका केही शासकवर्गहरुबाटै बञ्चित गर्ने गराउने काम हुने गर्दछ ।

मलाई लाग्छ यदि देश चलाउने जिम्मा मधेसका योद्धाहरुलाई दिए अहिलेका खसशासकहरुको शासनकालमा जनताले पाएजसो दुखात्मक स्थिति रहँदैन । राज्यशक्तिका मुख्य नश्लिय शासक वर्गहरुले जनता सुखी र सम्पन्न होओस् भन्ने चाहना राखेको पाइँदैन ।

वर्तमान समयमा देशमा बेरोजगारीको समस्या ब्यापक रुपमा अघि बढिरहेको छ । आफ्नै देशमा रोजगारी सिर्जना गर्नूको साटो जोसजाँगर भएका युवाहरुलाई बैदेशिक रोजगारीमा जान बाध्य बनाउँछन् ।

विश्वका हरेक देशले विद्यार्थीहरुमा लगानी गर्छन्, यहाँका सरकारले पनि विद्यार्थीलाई अध्ययनबापत् मासिक रुपमा केही सहयोग रकम उपलब्ध गराई विद्यार्थीलाई आफूअनुकूल सहज हुनेगरी अध्ययन गर्न दिनु पर्छ । विद्यार्थी पढाउने जिम्मा सरकार लिनु पर्छ । निशुल्क शिक्षाको नाममा नेपालमा कमजोर जनशक्ति उत्पादन भैरहेको यथार्थ छ ।

त्यसैले मधेस भनेको मधेस हो । यहाँका नागरिक वा यस प्रदेशलाई हेप्ने होच्याउने काम कसैबाट पनि हुनु भएन ।

यो प्रदेश कृषि उत्पादन क्षेत्रका रुपमा परिचित छ । यहाँ जीवन धान्नका लागि चाहिने खाद्यवस्तु उत्पादन हुन्छ ।

देशभरिका मिडिया हाउस मधेस प्रदेश धाउँदै गरेको यथार्थ छ । मधेसमा संवाददाता राखी विकृति र विसंगति उजार गरिरहँदा, ती मिडिया हाउसका सञ्चालकहरु नै मधेस धाइरहेको छ ।

त्यत्तिमात्रै नभएर कलाकर्मीहरु पनि अब मधेसका पात्रहरुलाई फिल्ममा नलिने फिल्म नचल्ने निर्णयमा पुगिसकेको छ । देशमा उपेक्षित रहँदै आएको मैथिली कलाकार र मैथिली भाषाका गीतसंगीत अहिले चर्चामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !