जनकपुरधाम, १४ बैशाख । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–६ मालटोल चोकमा ट्रकहरु एक आपसमा जुधिदा ठूलो नोक्सानी भएको छ ।

पूर्व–पश्चिम राजमार्गमा विहान ६ बजेको समयमा पूर्व तिर गईरहेको प्र.०२.०३.००१ख ०७१५ नम्बर को ट्रक बिपरीत दिशा बाट आइरहेको ना६ ख ३४६३ नम्बर को ट्रक एक आपसमा ठोकिदा सो दुर्घटना भएको छ ।

दुर्घटना हुदा ना ६ ख ३४६३ नम्बर को ट्रक मा आगोलागेको छ दुबै गाडीको चालक र सह चालक घाइते भएको छ घाइते लाई जनकपुरधाम उपचार को लागि ल्याइएको छ । आगलागी हुँदा ट्रक पूर्णरुपमा जलेको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !