महोत्तरी, ०१ साउन । ​​महोत्तरीको सोनमामा आधारभूत स्वास्थ्य सेवा केन्द्र एवम् बर्थिङ सेन्टर स्थापना गरिएको छ । शुक्रवार सोनमा गाउँपालिका–७ सुन्दरपुरमा केन्द्र एवम् सेन्टरका नवनिर्मित भवनको ​गाउँपालिकाअध्यक्ष विशेश्वरप्रसाद यादवले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा स्वास्थ्य कार्यालय महोत्तरीकी पब्लिक हेल्थ नर्सिङ फोकल पर्सन प्रतिभा सिंहले बर्थिङ सेन्टरको सञ्चालनले सुरक्षित प्रसूति सेवा सुनिश्चित हुने बताइन् । स्वास्थ्य संस्था सञ्चालनमा आएसँगै स्थानीयले आधारभूत स्वास्थ्य सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । ​

कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष इन्द्रजित यादव, गाउँपालिकाका जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी, स्थानीय बासिन्दा तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !