रामबाबु यादव
धनुषाधाम, ६ भदौ  । शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरू आन्दोलित भएका छन्। आन्दोलनको दोस्रो दिन शुक्रबार धनुषाधाम नगरपालिकामा उनीहरूले बस प्रदर्शनसहित र्‍याली आयोजना गरेका हुन्।

र्‍याली किसानपुरबाट सुरु भएर कुमहरा धारापानी, मालटोल, हरिपुर मालटोल, कान्छी बजार, धारापानी, भिमान र भगवानपुर हुँदै नगरको विभिन्न क्षेत्रमा परिक्रमा गरियो। अन्ततः पुनः किसानपुरमै पुगेर र्‍याली सम्पन्न भएको थियो। आन्दोलनका क्रममा विद्यालय सञ्चालक र शिक्षकहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए।

निजी विद्यालय सञ्चालकहरूले सरकारले ल्याएको शिक्षा विधेयक निजी क्षेत्रविरोधी भएको दाबी गर्दै त्यसलाई खारेज गर्न माग गरेका छन्। उनीहरूको भनाइमा सरकारले ल्याउन खोजेको व्यवस्था लागू भएमा निजी विद्यालय सञ्चालन असम्भव हुने र विद्यार्थीको भविष्य प्रभावित हुने खतरा रहनेछ।

शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै उनीहरूले चरणबद्ध आन्दोलन सुरु गरेको जनाएका छन्। आन्दोलनकारीहरूले विधेयक संशोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

यसअघि पनि देशका विभिन्न स्थानमा निजी विद्यालय सञ्चालकहरूले प्रदर्शन गर्दै आएका थिए। तर विधेयकमा सरकारको कडाइ देखिएपछि आन्दोलन थप चर्किएको निजि बिधालय संचालक हरु को दाबी छ

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !