
जनकपुरधाम, २० भदौ । युट्युव मार्फत् चर्चामा आएका पत्रकार र कलाकारहरुको भविष्यमा अन्यौलमा पर्ने भएको छ । सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि पत्रकार र कलाकारहरुको भविष्य अन्यौलमा पर्ने भएको हो ।
सामाजिक सञ्जाल फेसबुक र युट्युब पूर्ण रुपमा बन्द भएको छ । जसका प्रत्यक्ष प्रभाव मूलधारका पत्रकारिता भन्दा सहज र सरल रुपमा सेवा पुर्याइरहेका पत्रकार र सुचना तथा मनोरन्जनका लागि टेलिभिजनका पहुँचबाट टाढा रहेका मान्छेहरुलाई मनोरन्जन गराइरहेका कलाकारहरुमाथि परेको छ ।
सरकारको सामाजिनक सञ्जाल बन्द गर्ने यस्तो गम्भीर निर्णयप्रति सर्वोच्चमा रिट समेत परिसकेको छ भने सुचना, सञ्चार तथा मनोरन्जनको क्षेत्रमा सक्रिय व्यक्तिहरुले विरोध समेत जनाएका छन् ।
सरकारको निर्णयप्रति विभिन्न राजनितिक दलले समेत विरोध जनाइरहेका छन् । सामाजिक सञ्जालको नियन्त्रण होइन, नियमन हुन जरुरी छ । नियमनको नाममा सरकारले नियन्त्रण नै गरेको छ ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय प्रति प्रेस मञ्च नेपाल मधेस प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादवले प्रमुख दुई ठूला राजनीतिक दलको सरकारले जहाँनिया राणा शासन स्वरुप टेलर प्रस्तुत गरेको जनाए ।
लोकतान्त्रिक गणतन्त्रमा विश्वका कुनै पनि देशमा नभएको व्यवस्था हाम्रो देशमा छ । दुई ठूला दलमध्ये एक सरकारमा र एक सरकारको प्रतिपक्षमा बस्नु पर्ने हो तर हाम्रो देशमा भने दुबै ठूला दल सरकारमा हुँदा एकतन्त्रिय राणा शासनको नीति अबलम्बन गर्यो, अध्यक्ष यादवले बताए ।
जनताले सरकारको गतिविधि सहज रुपमा नै पाउने गर्दथ्यो अब त्यो बन्द भयो । धेरै सञ्चारकर्मी साथीहरुको रोजीरोटीसमेत गुम्यो । हामी दुःखी छौं, मञ्चका अध्यक्ष यादवले दुखेसो पोखे ।