काठमाडौं, १५ कात्तिक  । यूएईमा जारी आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल आज अमेरिकासँग तेस्रो खेल खेल्दै छ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा हुने खेल नेपाली समय अनुसार विहान ११:१५ बजे सुरु हुनेछ।

नेपालले यसअघि खेलेका दुबै खेलमा पराजय व्यहोरेको छ। पहिलो खेलमा अमेरिका विरुद्ध १०६ रनले लज्जास्पद हार खेपेको नेपाल दोस्रो खेलमा बिहीबार आयोजक यूएईसँग ५ विकेटले पराजित भएको थियो।

लगातार दुई हारपछि नेपालमाथि अबका बाँकी खेल जित्नुपर्ने दबाब बढेको छ। आजको खेल नेपालका लागि शृंखला टिकाउने निर्णायक अवसर मानिएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !