रौतहट, ९ माघ । रौतहट जिल्लामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।
गौर–पिपरा सडकखण्डअन्तर्गत राजदेवी नगरपालिका–पथरा क्षेत्रमा प्र।०२–०३–०१८ प २३४६ नम्बरको मोटरसाइकल र भारतीय नम्बर प्लेट बीआर ३० ए एफ २३७० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा दुर्गाभगवती गाउँपालिका निवासी अशोक महतो र राजदेवी नगरपालिका–२ का अरविन्द महतो गम्भीर घाइते भएका थिए । घाइते दुवैजनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी तथा प्रवक्ता विष्णुप्रदीप बस्यालले जानकारी दिएका छन ।
प्रहरीका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





