जनकपुरधाम १३ माघ । प्रतिनिधि सभा क्षेत्र कमिटी, क्षेत्र नं. ४ धनुषाद्वारा आयोजित जनता समाजवादी पार्टी (जसपा) नेपाल, क्षेत्र नं. ४ को क्षेत्रीय विस्तारित बैठक मिथिला बिहारी नगरपालिका वडा नं. ८ स्थित मिथिला बिहारी मन्दिरको प्राङ्गणमा सम्पन्न भएको छ।

बैठकमा प्रतिनिधि सभा क्षेत्र नं. ४ धनुषाका उम्मेदवार ई. डा. कृष्णचन्द्र प्रसाद साह प्रमुख अतिथिका रूपमा सहभागी रहनु भएको थियो। कार्यक्रममा जसपा नेपाल मधेस प्रदेश समिति अध्यक्ष बालकिशोर प्रसाद यादव, मधेस प्रदेश समिति मुख्य सचिव तथा पूर्वमन्त्री ज्ञानेन्द्र कुमार यादव, केन्द्रिय समन्वय समिति सदस्य तथा जनकपुरधाम उपमहानगरपालिकाका पूर्व मेयर लाल किशोर साह विशेष अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।

त्यसैगरी केन्द्रीय सदस्यहरू चमेली देवी दास, सत्रुधन यादव, जिल्ला समिति उपाध्यक्ष ललित मण्डलसहित पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरू, क्षेत्र कमिटीका पदाधिकारी, नगरपालिका तथा गाउँपालिका कमिटीका प्रतिनिधिहरू, भातृ संगठनका पदाधिकारी, निर्वाचित जनप्रतिनिधि, अगुवा नेता–कार्यकर्ता, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय जनताको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले संगठन सुदृढीकरण, जनताको समस्यामा केन्द्रित राजनीति र आगामी कार्ययोजनाबारे धारणा राख्दै क्षेत्रीय एकता र सक्रियतामार्फत पार्टीलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। बैठकले क्षेत्रस्तरमा पार्टीको गतिविधि प्रभावकारी बनाउँदै जनसम्पर्क विस्तार गर्ने निर्णयसमेत गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !