जनकपुरधाम १३ माघ । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता डा. सुरेन्द्र यादवले पार्टीका स्थानीय कार्यकर्ताहरूसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन्।
भेटघाटका क्रममा डा. यादवले संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तथा स्थानीय समस्याबारे गहन छलफल गरेका थिए। उनले जनताको मुद्दालाई केन्द्रमा राख्दै पार्टीलाई अझ बलियो बनाउँदै लैजान कार्यकर्तालाई निर्देशन दिए।
कार्यक्रममा डा. यादवले क्षेत्रको विकास प्राथमिकता, किसान तथा युवाका समस्या, सुशासन र समावेशी विकासका विषयमा पार्टीको स्पष्ट धारणा राखेका थिए। उनले सबै कार्यकर्तालाई एकताबद्ध भएर जनताका पक्षमा सक्रिय रूपमा काम गर्न आह्वानसमेत गरे।
स्थानीय कार्यकर्ताहरूले पनि क्षेत्रका विद्यमान समस्या र जनअपेक्षाबारे आफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !