कलैया, १४ माघ । धारिलो हतियार प्रहार गरि बारा जिल्लामा अज्ञात समूहले आमा–छोराको हत्या गरेका छन भने बुवासहित तीन जना घाइते भएका छन्।

बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडी निवासी ३२ वर्षीय रामेश्वर मण्डल र उनकी ५२ वर्षीया आमा सुमित्री देवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा उनका बुवा जगरुक मण्डल गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार आज बिहान करिब ३ बजेको समयमा एक अज्ञात व्यक्ति घरभित्र प्रवेश गरी धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ। घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको एसपी कुँवरले बताए।

 

प्रहरीले घटनाको कारण र संलग्न व्यक्तिको पहिचानका लागि थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !