जनकपुर, १३ भदौ । समाजवादी दलित मुक्ति सङ्गठनको दोस्रो राष्ट्रिय महाधिवेशन भोली (भदौ १४ गते) देखि जनकपुरमा सुरु हुँदैछ ।

दुई दिनसम्म चल्ने यो महाधिवेशन जनकपुरस्थित महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा आयोजना गरिनेछ । महाधिवेशनमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।

सङ्गठनले देशभरिका शोषित, पीडित, दलित, उपेक्षित वर्ग, तथा गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्रमा विश्वास राख्ने सम्पूर्ण परिवर्तनकामी जनसमुदायलाई महाधिवेशनमा सहभागी हुन आह्वान गरेको छ ।

कार्यक्रम भदौ १४ र १५ गते सञ्चालन हुनेछ, जसमा राजनीतिक प्रतिवेदन, सांगठनिक सुदृढीकरण, नीति र कार्यक्रमहरू तथा आगामी कार्यदिशा बारे छलफल गरिने बताइएको छ ।

सङ्गठनका एक केन्द्रीय सदस्यले जानकारी गराए अनुसार, महाधिवेशन दलित मुक्ति आन्दोलनको सशक्तिकरण तथा समाजमा गहिरिएको विभेद अन्त्य गर्न प्रेरणादायी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !