
जनकपुरधाम, २९ पुस । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नी श्रीमति सिन्धु सोनी रानीे मानसिक रोगी रहेको बताएका छन् । उनले प्राइमटाइम टेलिभिजनका ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम मार्फत् यस्तो बताएका हुन् ।
सो कार्यक्रममा डा. राउतले जसपाका शीर्ष नेताहरुको षडयन्त्रले मेरी श्रीमतिले ममाथि आरोप लगाउने गरेको बताए । सिके राउतको कमिकमजोरी खोजी गर्न मेरी श्रीमति परिचालन गरिएको हो । म १७ बर्ष देखि आफैं पीडित छु । बिहे अघि नै उनी मानसिक रोगी रहेकी मेरो ससुराले विनम्रतापूर्वक मलाई जानकारी गराउनु भएको थियो । पछि स्वास्थ्य ठीक होला भन्ने आशामा आज म बदनाम हुने स्थिति आयो ।
मासिक रुपमै उनलाई मैले मेरो तलबको आधा पठाउने गरेको छु । बच्चाहरुको सबै खर्च म आफैंले ब्यहोर्ने गरेको छु । मलाई जसपाका नेता लगायत राज्यले पनि बदनाम गरिरहेको छ । मैले भदौमा प्रहरीमा उजिरी दिएपनि त्यस्को कुनै सुनुवाइ भएन । अदालतले पनि मेरो कुरा बुझिरहेको छैन । सबैले महिलाकै कुरा सुन्ने भए । राज्यलाई मैले मेरी श्रीमतिको उपचार गर्ने वातावरण बनाइदिनुस् भन्दा पनि राज्य मौन बसेको छ ।
दिनभरि जसपाका नेताहरुसँग बसेर छलफल गर्ने र मलाई आरोप लगाउने बाहेक केही नभएको जनाए । उनीमाथि निगरानी बढाउँदा निगरानी गर्यो भनेर अफवाह फैलाउने गरेको हो । यो मास्टरप्लान हो र यसको प्लानर जसपाका नेताहरु हुन् । जति सक्दो राज्यले मलाई न्याय दियोस् ।
अर्को प्रसंगमा डा. राउतले भने, ‘म पूर्ण रुपमा असुरक्षित छु । यो कुरा न राज्यले, न अदालतले र न प्रहरीले नै बुझिरहेका छन् ।’ यहाँ पुरुष कति पीडित छन् ? भन्ने कुरा न्यायालयले पनि पत्याइरहेका छैनन् । अहिले मेरी श्रीमतिले मलाई ध्वस्त पार्दिन्छु भन्दा सबैले वाहवाही गरिरहेको आरोप लगाए । यहाँ मिडिया पनि सिन्धुकै कुरा सुनिरहेका छन् । तर, मलाई विश्वास उनकी मानसिक अवस्था बिग्रेकै कारण यो अवस्था आएको हो ।
यो विषयलाई कसैले राजनीतिक मुद्दा वा अपाराधिक मुद्दा नबनाइदियोस् । मलाई सुरक्षा चाहिन्छ । मेरा बच्चाहरु पनि सुरक्षित हुने वातावारण बनाउन राज्यले सिन्धुको उपचारको लागि पहल अगाडि बढाइदियोस् ।
म पार्टीको काममा भैरहवामा रहेका बेला घर प्रहरी बोलाएको थियो । यदी सो दिन म त्यहाँ भएको भए म प्रहरीको हिरासतमा हुन्थे होला । तर के गर्ने ? बेलुका काठमाडौं फर्किँदा सिन्धुको अन्तर्वार्ता भाइरल भइरहेको देखेँ । राति ललिपुरको सिडियो कहाँ पुग्दा त खान लाउन नदिएको भनेर उजिरी परेको बताए । मेरो बच्चा उनीसँगै छन् । के मैले खान लाउन नदिएकै होला त ? दुःख लाग्छ मेरी मानसिक रोगी श्रीमतिलाई जसपाका शीर्ष नेताहरुले परिचालन गरेर मलाई खोरमा पुर्याउन चाहन्छ । म भ्रस्टाचारी होइन, मैले १७ वर्षदेखि श्रीमतिको रेखदेख र सेवा गर्दै आइरहेको छु ।
-प्राइमटाइम टेलिभिजनका ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा आधारित समाचार